citizens life insurance long ad
stcnepal long ad

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

उक्त एक्सटेन्सन काउन्टर बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदी तथा सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग विभागका प्रमुख भोला बहादूर बिष्टले संयूक्त रुपमा उद्धघाटन गरेका हुन् ।

अब काठमाडौंको बबरमहल स्थित बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलै संग भुक्तानी गर्न सक्नेछन ।

करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ४ एक्सटेन्सन काउन्टरहरु (यस एक्सटेन्सन काउन्टर सहित) मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु. ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ६१ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

IME Life
kumari