प्राइम बैंकको संस्थापक सेयर बिहीबारबाट लिलामी खुल्ने
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्नो स्वामित्वमा रहेको प्राइम कमर्सियल बैंकको संस्थापक समूहको सेयर मंसिर २५ गते बिहीबारबाट लिलामी खुला हुने भएको छ ।
कम्पनीले प्राइम बैंकको ८६ हजार ९०० कित्ता बिक्री गर्न लागेको हो । यसमा न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ ।
बोलपत्रमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले पुस २ गतेस आवेदन पेश गर्न सक्नेछन् ।
जसमा सनराइज क्यापिटल कमलपोखरी काठमाडौं र प्राइम कमर्सियल बैंकको झापा, विराटनगर, वीरगञ्ज, भरतपुर चितवन तथा नेपालगञ्जबाट पनि आवेदन दिन सकिनेछ ।























