citizens life insurance long ad
stcnepal long ad

राजविराजमा नेपाल बङ्गलादेश बैंकको ९८ औं शाखा 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ ।  शाखा बिस्तार गर्ने क्रममा नेपाल बङ्गलादेश बैंकले  सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नं ४ मा आफ्नो ९८औं शाखा संचालनमा ल्याएको छ ।

बैंकले २०७७, मंसिर १८ गतेबाट सप्तरी जिल्लाको राजविराज शाखा उद्घाटन गरि औपचारिक कारोबार शुभारम्भ गरेको हो ।

उक्त शाखाको औपचारिक समुद्घाटन राजविराज नगरपालिकाका मेयर  शम्भु यादव तथा बैँकका प्रादेशिक प्रमुख बालकृष्ण श्रेष्ठले संयुक्त रुपमा गर्नु भएको थियो ।

बैँकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।

राजविराज शाखा सहित बैंकले ९८ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

 

IME Life
kumari