citizens life insurance long ad
stcnepal long ad

एनआइसी एसियाले सूर्या र एसियन लाइफको संस्थापक सेयर लिलामी रोक्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ र एसियन लाइफ इन्सुरेन्सको संस्थापक सेयर लिलामी प्रक्रिया रोकेको छ ।

बैंकले मंसिर १४ गतेदेखि लिलामीमा ल्याएको ४ कम्पनी मध्ये सूर्या लाइफ र एसियन लाइफको लिलामी प्रक्रिया रोकेको हो । बैंकले यसअघि शुक्रबार मंसिर १९ गतेसम्म लिलामीमा बिक्री गर्न सूचना प्रकाशित गरेको थियो । तर, विशेष कारण भन्दै अर्को सूचना जारी नभएसम्मका लागि लिलामी प्रक्रिया रोकिएको छ ।

बैंकले सूर्या लाइफ इन्सुरेन्सको १ लाख ९२ हजार ९९४ र एसियन लाइफ इन्सुेन्सको १ लाख ३९ हजार ४७० कित्ता सेयर लिलामीमा ल्याएको थियो ।

यता, नागरिक लगानी कोष र नेसनल लाइफ इन्सुरेन्सको लिलामी प्रक्रिया भने यथावत रहेको बैंकले एनआइसीले जानकारी दिएको छ । बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५६० र नेसनल लाइफ इन्सुरेन्सको १ लाख २५ हजार ७२६ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

यसमा आज शुक्रबार मंसिर १९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ । यसमा आज मंसिर १९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

IME Life
kumari