stcnepal long ad
ime life insurance
national life
global ime bank long

ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानीका लागि सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौता पश्‍चात् ज्योति विकास बैंक मार्फत ग्राहकले डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीमा बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी सीधै पैसा लोड गर्न सक्नेछन् ।

ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा खल्तीका तर्फबाट कम्पनीका निर्देशक सुमित अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौतासंगै अब बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’ मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन्।

खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ, इ९कमर्स मार्फत किनिएको समानको भुक्तानी तथा अन्य थुप्रै सेवाहरुको मोबाइल बाटै भुक्तानी गर्न सकिन्छ । खल्तीसंगको यस सहकार्य पश्‍चात् ज्योति विकास बैंकका ग्राहकहरुलाई थप सहजता हुनेछ।

हाल बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब ३४ अर्व ६० करोड रुपैयाँ लगानी गर्न सफल भएको छ ।

IME Lifesidebar
kumari