बैंक अफ काठमान्डूको १६% लाभांश पाउन आज अन्तिम मौका
काठमाडौं । बैंक अफ काठमान्डूको १६% लाभांश पाउन सेयरधनी बन्ने आज बिहीबार कात्तिक २७ गते अन्तिम दिन हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यसले कात्तिक २८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । बैंक अफ काठमान्डूले मंसिर १५ मा सभा गर्दैछ। सभा बैंकको प्रधान कार्यालय कमलपोखरी, काठमाडौमा भिडियो कन्फ्रेन्स मार्फत हुनेछ ।
साधारण सभामा बैंकले १६५ लाभांश वितरण गर्ने प्रमुख एजेन्डा पेश गर्दैछ । बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १३५ बोनस र कर सहित ३५ नगद लाभांश दिने निर्णय गरेको हो ।
यसले १ अर्ब ३६ करोड ७६ लाख ९५ हजार ६३६ रुपैयाँ बराबरको बबोनस वितरण गर्नेछ । यस्तै, २५ करोड ६४ लाख ६ हजार ६६२ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।
यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । हाल बैंक अफ काठमान्डूको चुक्ता पुँजी ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ९ अर्ब ९१ करोड ४५ लाख ८२ हजार ६३६ हुनेछ























