stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

मेगा बैंकले ल्यायो आकर्षक ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ योजना

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल – ६ फागुन २०७६, मंगलबार काठमाडौं ।

मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ नामक आकर्षक बचत योजना ल्याएको छ ।
सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुका लागि बैंकले ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ को २०२० संस्करण ल्याएको हो । न्यूनतम १ हजार रुपैंया बचत हुनुपर्ने यस खातामा ६.५ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यस योजनामा ग्राहकलाई ५० हजार रुपैंयासम्मको मेडिकल बिमा गरिएको छ भने ७ लाख रुपैंयाको दुर्घटना बिमाको व्यवस्था गरिएको छ ।

यसैगरी, मोबाइल बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड पहिलो बर्ष निशुल्क रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ । यस्तै, नेपाल भित्रका जुनसुकै बैंकका एटीमबाट रकम झिक्न पनि निःशुल्क व्यवस्था गरिएको छ । यसका साथै, खातावाललाई ऋण लिन पनि यस योजनामा विशेष सुविधाहरु समेटिएका छन् ।

सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत सबैलाई अति नै आकर्षक र सुविधा युक्त भएका कारण ग्राहकहरुले यस बचत योजनालाई अत्याधिक मन पराइ दिने मेगा बैंकको विश्वास छ । ‘बैंक अफ दी एयर २०१९’ बाट पुरस्कृत भएको मेगा बैंकले ग्राहकलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै आएको छ । मेगा बैंकका देशभरका १ सय ११ वटै शाखाबाट यस योजना अन्तरगत खाता खोल्न सकिने मेगा बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari