मङ्सिर ३ गते नेपाल इन्फ्रास्ट्रकचर बैंकको साधारणसभा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकको साधारणसभा मङ्सिर ३ गते हुन भएकोे छ । साधारणसभा बानेश्वर स्थित आफ्नै कार्यालय भवनमा हुने जनाएको छ ।
साधारणसभामा कम्पनीको प्रबन्धपत्र र नियमावली गर्नु संशोधन गर्नु परेमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गर्ने छ । सभाले आर्थिक वर्ष ०७६/७७ को संचालक समितिको प्रतिवेदन तथा वित्तीय विवरण छलफल गरि पारित गरिनेछ ।
त्यस्तै, आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेण्डा रहेको छ । साधारणसभामा बैंकले आईपिओ निष्काशन सहितका विभिन्न प्रस्ताव पारित गर्ने छ । बैंकले सर्वसाधारणको लागि ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ ।
हाल बैंकको चुक्ता पुँजी १२ अर्ब रहेकोमा आईपिओ निष्काशनपछि पुँजी २० अर्ब पुग्ने छ ।
























