नबिल इन्भेष्टमेन्ट बैंकिङको एघारौं वार्षिक साधारण सभा कात्तिक २६ गते
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङको एघारौं वार्षिक साधारण सभा कात्तिक २६ गते हुने भएको छ । सभामा कम्पनीले २०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
यसर्थ, नगद लाभांशमा नबिलले ४ करोड रुपैयाँ खर्च गर्नेछ । कम्पनीको सभा कक्ष, नक्साल काठमाडौमा बिहान ११ बजेबाट कार्यक्रम सुरु हुनेछ । सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा पनि छलफल गरिने एजेन्डा रहेको छ ।
वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७७ असार मसान्तसम्मको नाफा नोक्सान सम्बन्धमा पनि छलफल गरिनेछ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पेश गरिनेछ ।
























