अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारको जिम्मेवारी दिएका छन् । उनी अहिले केन्द्रीय बैंकमा लघुवित्त सुपरीवेक्षण विभागमा कार्यरत छन् ।
श्रेष्ठले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । राष्ट्र बैंकमा कार्यरत रहेका कारण उनलाई काजमा अर्थ मन्त्रालय ल्याइएको हो ।

























