stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

प्रभु बैंकको जिल्ला प्रशासन कार्यालय पर्सामा एक्स्टेन्सन काउण्टर सञ्चालन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा पर्साको बीरगञ्ज महानगरपालिका स्थित वडा नं ९ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

पर्सा स्थित जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउण्टरको आज  आश्विन २९ गते देखि कारोबार सुरु भएको हो ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यालयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २०९ वटा शाखाकार्यालय, १९४ वटा एटिएम, ५४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधि युक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

prabhu mahalaxmi
kumari