नेपाल राष्ट्र बैंकले यो वर्ष नयाँ नोट नबाँड्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले यस वर्षको दसैंमा नयाँ नोट वितरण नगर्ने भएको छ । कोरोना भाइरसको जोखिम उच्च भएकाले नयाँ नोट बाँड्ने अवस्था नभएको राष्ट्र बैंकले जनाएको छ ।
नयाँ नोट वितरण नगर्नेबारे राष्ट्र बैंकले औपचारिक सूचना जारी गरिसकेको छैन । स्रोतका अनुसार नयाँ नोट वितरण नगर्ने बारे सम्भवतस् सोमबार सूचना जारी गरिने छ । गत साता बसेको सञ्चालक समिति बैठकमा यसबारे छलफल भइसकेको छ ।
कोरोनाको जोखिम उच्च भएकाले सर्वसाधारणको भिडभाड गराएर नयाँ नोट बाँड्ने अवस्था नभएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । राष्ट्र बैंकले अघिल्ला वर्षहरुमा दसैंको अवसरमा नयाँ नोट वितरण गर्दै आएको थियो ।