stcnepal long ad
global ime bank long

सिभिल बैंकको नवलपरासीको सुनवलमा नयाँ शाखा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

४ फागुन २०७६, आईतवार काठमाडौं । सिभिल बैंक लिमिटेडले नवलपरासीको सुनवलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको बैंकले आफ्नो शाखा सञ्जालमा विस्तार गर्ने क्रममा आईतवार नवलपरासी जिल्लाको सुनवलमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाको सिभिल बैंकका सञ्चालक समितिका सदस्य भिमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका मेयर भिमबहादुर थापाले संयुक्त रुपमा उदघाटन गरेका हुन् ।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाशेश्वर शिवालय मन्दिरमा सञ्चालित जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमको सहयोगार्थ एक थान फ्रिज प्रदान गरेको छ । सो फ्रिज सिभिल बैंकका सञ्चालक समितिका सदस्य भिमानन्द ढुंगानाद्वारा कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाका अध्यक्ष गोपालप्रसाद आचार्यलाई प्रदान गरे ।
शाखा उदघाटन गर्दै सुनवल नगरपालिकाका मेयर भिमबहादुर थापाले सुनवलमा शाखा स्थापना गरेकोमा सिभिल बैंकलाई धन्यवाद दिदै नगरवासीलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिन आग्रह गरे । उनले आफुसंग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न पनि आग्रह गरेका छन् ।
सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले सिभिल बैंक सुनवल शाखाले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस भेगको अर्थतन्त्र उकास्नको लागी ब्यापार ब्यबसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउने बताए ।
सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगानाले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताए ।
सिभिल बैंकको हालसम्म ४ लाख १५ हजारबढी ग्राहकहरु रहेको रु. ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५० अर्व कर्जा लगानी गरेको छ । बैंकको प्रदेश नं ५ मा यस शाखा समेत गरी १४ शाखा तथा नेपालभर कुल शाखा संख्या १०९ पुगेकोे पनि बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari