मर्चेन्ट बैंकहरुले ग्राहकको भौतिक उपस्थिति बिना सेवा आजदेखि प्रदान गर्ने
काठमाडौं । मर्चेण्ट बैंकरहरुले कोरोना भाइइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखी आजदेखि ग्राहकहरुलाई भौतिक उपस्थिति बिना सेवा प्रदान गर्ने भएका छन् ।
मर्चेण्ट बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई संक्रमण भएपछि ग्राहकको उपस्थिति बिना सेवा प्रदान गर्न लागेका हुन् । ग्राहक र कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि यस्तो व्यवस्था गरेको मर्चेण्ट बैंकस् एशोशियनले जनाएको छ ।
भौतिक रुपमा नै उपस्थिति भई आबश्यक सेवा लिनु पर्ने अवस्थामा ग्राहकहरुले सम्बन्धीत कम्पनीको फोन नम्बर, इमेल,वेबसाइट वा अन्य विद्युतीय माध्यमबाट सम्पर्क गर्न आग्रह गरेको छ । परिस्थिति सहज हनासाथ दैनिक सेवालाई निरन्तरता दिने कम्पनीहरुले बताएका छन् ।


























