citizens life insurance long ad
stcnepal long ad

नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेसलाई एक्वायर गर्न बोलायो विशेष साधारणसभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन गर्न आगामी असोज २८ गते विशेष साधारण सभा डाकेको छ ।

साधारणसभा बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्गमा बिहान १० बजे सुरु हुनेछ । सभामा नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेसलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ ।

यसका साथै डीडीए तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सिटी एक्सप्रेससँगको सेयर स्वाप अनुपात पारित गरिनेछ । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी फाइनान्सलाई १००ः३० अनुपातमा गाभ्न लागेको हो ।

यसर्थ, सिटी एक्सप्रेसको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३० कित्ता सेयर पाउने छन् । प्राप्तिपश्चात हुने पुँजी वृद्धि अनुसार बैंकको प्रबन्धपत्र संशोधन गर्ने लगायतका प्रस्ताव पनि सभाले पारित गर्नेछ । यता, विशेष साधारण सभा प्रयोजनार्थ बैंकले असोज १६ गतेदखि सभा हुने दिनसम्म बुक क्लोज गर्नेछ ।

असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सभामा सहभागिता जनाउन सक्नेछन् । कोरोना भाइरस असरलाई मध्यनजर गर्दै बैंकले अनलाइन (भर्चुअल) माध्यमबाट पनि साधारणसभामा भाग लिने व्यवस्था मिलाइएको छ ।

भर्चुअल उपस्थितलाई पनि सभास्थलमा उपस्थित भए सरह मान्यता दिने व्यवस्था गरिएको बैंकले जनाएको छ । भर्चुअल माध्यमबाट उपस्थित भइ आफ्नो मन्तव्य राख्न तथा मतदान गर्न चाहने सेयरधनीहरुले सभा हुनुभन्दा कम्तीमा ४८ घण्टा अगाडि बिहान १० बजेदेखि दिउँसो ४ बजेभित्रमा इमेल वा फोन गरी नाम र इमेल ठेगाना टिपाउनु पर्नेछ । त्यसपछि सभामा मन्तव्य राख्न तथा मतदान गर्न मिटिङ आइडी र पासवर्ड उपलब्ध हुनेछ ।

IME Life
kumari