stcnepal long ad
nabil bank
macchha(MBL)

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल डेन्टल एसोसिएसनबीच सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल डेन्टल एसोसिएसनसँग बैंकिङ सेवाहरू उपलब्ध गराउन सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुसार डेन्टल एसोसियशनसँग आवद्ध सदस्य तथा सदस्यहरूसँग आवद्ध संस्थाका कर्मचारीहरूलाई बैंकले विभिन्न बैंकिङ सेवाका साथै विनाधितो रू। १५ लाख सम्मको प्रोफेसनल कर्जा प्रदान गर्ने छ ।

यो कर्जाअन्तर्गत कर्जावालालाई रू.१ लाखसम्मको कोभिड–१९ इन्स्योरेन्स समेत निःशुल्क प्रदान गरिने बैंकले बताएको छ । बैंक र एसोसिएसनबीच भएको सो सहमतिपत्रमा बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष डा। प्रविन्द्र अधिकारले हस्ताक्षर गरेका छन् । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरूबाट यो सेवा उपयोग गर्न सकिने छ ।

prabhu mahalaxmi
kumari