stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विदेशी मुद्रा कारोबार गर्न राष्ट्र बैंकबाट क्यासिनो सञ्चालकले लाइसेन्स लिनुपर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल भित्र क्यासिनो सञ्चालन गर्नेहरुले विदेशी मुद्रा कारोबार गर्नका लागि नेपाल राष्ट्र बैंकबाट लाइसेन्स लिनुपर्ने भएको छ । केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मार्फत् यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०६७ लाई खारेज गर्दै नयाँ विनियमावली ल्याएको हो ।

विनियमावली अनुसार विदेशी मुद्रा कारोबार गर्न चाहने क्यासिनोले प्रतिकारोबार स्थानका लागि २५ लाख रुपैयाँ बराबरको जमानत धरौटी राख्नुपर्नेछ । धरौटी अवधि २ वर्षको हुनेछ । त्यस्तै, इजाजतपत्र शुल्क बापत १ लाख रुपैयाँ केन्द्रीय बैंकलाई तिर्नुपर्नेछ ।

उपकरणका माध्यमबाट मात्र खेलाइने खेलको हकमा भने प्रतिकारोबार स्थानका लागि १० लाख रुपैयाँ बैंक जमानत र इजाजतपत्र शुल्क बापत ५० हजार रुपैयाँ राष्ट्र बैंकमा बुझाउनुपर्नेछ । यसरी लिइएको इजाजत २ वर्ष नपुग्दै शुल्क बुझाएर नविरकरण गरिसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari