citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

एभरेष्ट बैंकको ३२ औँ वार्षिक साधारण सभा आज असोज १४ गते

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । एभरेष्ट बैंकको आज असोज १४ गते ३२औँ वार्षिक साधारण सभा बोलाएको छ ।
साधारण सभाले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहितका लागि १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

साधारण सभाबाट संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, प्रबन्धपत्र तथा नियमावली संशोधन र चालु आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोकिने प्रस्ताव पारित गरिदैछ ।

साधारण सभाआज असोज १४ गते आम्रपाली ब्यांक्वेट भाटभटेनी,काठमाडौंमा बिहान १० बजे बाट शुरु हुने बैंकले जनाएको छ ।

क बर्गका बैंकहरूमध्ये पहिलो साधारण सभा गरेर सेयर धनीलाई बढी लाभांश दिने एभरेष्ट बैंक बनेको छ। भारतको साझेदारीमा स्थापना भएको एभरेष्ट बैंक राम्रो सुशासन र मुनाफा कमाउने बैंक मानिन्छ।

 

IME Life
kumari