stcnepal long ad
global ime bank long

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ७४ हजार कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले पाँच जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ७४ हजार ८८७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई नै दिनुपर्ने प्रावधान बमोजिम उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयधरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन्।

शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित आगामी ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाएर कमलादीस्थित बैंकको शेयर रजिष्ट्रारको कार्यालयमा निवेदन दिनु पर्नेछ।

तोकिएको समयावधिभित्र बैंकका शेयरधनीबाट शेयर खरीदका लागि आवेदन पर्न नआएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने पनि बैंकले स्पष्ट पारेको छ।

IME Lifesidebar
kumari