stcnepal long ad
global ime bank long

नीतिगत अनिश्चितता बढेमा सेयर बजार १० प्रतिशतसम्म घट्न सक्छ: अध्ययन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नीतिगत अस्पष्टता वा अनिश्चितता बढेमा त्यसको प्रत्यक्ष असर सेयर बजारमा पर्ने एक अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘वर्किङ पेपर’ अनुसार नीतिगत अनिश्चितता उत्पन्न हुनासाथ सेयर बजार (नेप्से सूचकाङ्क)मा १० प्रतिशतसम्मको गिरावट आउने देखाएको हो ।

राष्ट्र बैंकका अनुसन्धानकर्ताहरू वीरेन्द्रबहादुर बुढा, रोहण ब्याञ्जु र स्वस्तिक नेपालद्वारा लिखित वर्किङ पेपरमा सन् २०११ जनवरीदेखि २०२६ अप्रिलसम्मको १५ वर्षभन्दा बढीको तथ्यांक विश्लेषण गरिएको छ ।

गुगल ट्रेन्डको सर्च डेटामा आधारित भएर तयार पारिएको यो अध्ययनले नेपालमा नीतिगत अस्पष्टता र आर्थिक सूचकहरूबीचको सम्बन्धलाई केलाएको छ ।

अध्ययन प्रतिवेदन अनुसार अन्य आर्थिक सूचकहरू जस्तै कुल गार्हस्थ्य उत्पादन, आयात र निजी क्षेत्रको कर्जा प्रवाहमा नीतिगत अनिश्चितताको असर देखिन कम्तीमा दुई त्रैमास लाग्छ । तर सेयर बजारका लगानीकर्ता भने नीतिगत निर्णय र अस्पष्टताप्रति संवेदनशील हुने भएकाले बजारले तत्कालै प्रतिक्रिया दिने गरेको छ ।

नीतिगत अनिश्चितता सूचकाङ्कमा एक मानक विचलनको वृद्धि हुँदा नेप्से सूचकाङ्क सुरुमै करिब ५ प्रतिशतले घट्छ भने यसको अधिकतम असर पर्दा नेप्से करिब १० प्रतिशतसम्म ओरालो लाग्ने अध्ययनले देखाएको छ ।

अध्ययनमा भनिएको छ– सेयर बजारका लगानीकर्ताहरू नीतिगत हलचलप्रति निकै संवेदनशील हुन्छन् । तर अनिश्चितताका कारण आउने यो गिरावट अल्पकालीन हुन्छ । बजारमा छिटै सुधार आउने र पछि केही हदसम्म ओभरसुटिङ हुने ढाँचा अध्ययनले देखाएको छ ।

IME Lifesidebar
kumari