stcnepal long ad
ime life insurance
national life
global ime bank long

नबिल बैंकका कर्मचारीले पाए तीन महिना तलब बराबरको अग्रिम बोनस

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको नाफाबाट कर्मचारीलाई अग्रिम बोनस वितरण गर्न थालेका छन्।

नबिल बैंकले कर्मचारीलाई ३ महिनाको तलब बराबरको अग्रिम बोनस दिएको छ। बैंकले कर्मचारीले पाउने कुल बोनसको करिब आधा रकम अहिले वितरण गरेको र बाँकी रकम राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभापछि दिने जनाएको छ।

बोनस ऐनअनुसार नाफा कमाउने प्रत्येक प्रतिष्ठानले खुद मुनाफाको १० प्रतिशत रकम कर्मचारी बोनसका लागि छुट्याउनुपर्ने व्यवस्था छ।

सोही आधारमा बैंकहरूले आर्थिक वर्ष सकिएपछि केही हिस्सा अग्रिम र बाँकी रकम साधारणसभापछि वितरण गर्दै आएका छन्।

IME Lifesidebar
kumari