stcnepal long ad
ime life insurance
national life
global ime bank long

एभरेष्ट बैंकको कारोबार अब एनसीएचएलको ईएफटी कार्ड स्वीच मार्फत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको अग्रणी कमर्शियल बैंक मध्येको एक एभरेष्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक स्थानान्तरण (माइग्रेशन) गरी नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालित ईएफटी कार्ड स्विच मार्फत कार्डको कारोबारहरु शुरु गरेको छ ।

यससँगै अब भिसा कार्डको सम्पूर्ण इस्यूइङ्ग, अक्वायरिङ्ग तथा कारोबारहरुको प्रोसेसिङ्ग तथा राउटिङ्ग एनसीएचएलको ईएफटी कार्ड स्वीच मार्फत हुनेछ ।

साथै बैंकले अब नेपालपे कार्ड पनि इस्यू तथा अक्वायर गर्नेछ भएको छ । यसबाट बैंकको नेशनल कार्ड स्कीममा सहभागीता सबल हुनुका साथै देशव्यापी रुपमा एटीएम, पीओएस र मर्चेन्टका डिजिटल च्यानलहरुमा नेशनल कार्ड स्कीमको स्वीकार्यता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

नेपालपे कार्ड र अन्तर्राष्ट्रिय डिस्कोभर कार्डबीच सहकार्य भएको हुँदा बैंकको कार्डको डोमेस्टिक तथा अन्र्तराष्ट्रिय स्वीकार्यताको क्षमता पनि थप विस्तार भएको छ ।

बैंकको लागि पुरानो कार्ड स्वीचबाट एनसीएचएलको ईएफटी स्वीचमा सफलतापूर्वक स्थानान्तरण गर्नु एक महत्वपूर्ण रणनीतिक कदम हो ।

यसले बैंकलाई कार्ड सम्बन्धी कार्यहरु सञ्चालन गर्न सहज बनाउनुका साथै सञ्चालनगत स्थायित्व कायम गर्ने, कुशलता वृद्धि गर्ने, सुरक्षा सुढृढ बनाउने तथा लागत अप्टिमाइजेशन गर्ने लगायतका सुविधाहरु प्रदान गर्नेछ ।

हाल एनसीएचएलले ईएफटी कार्ड स्विच तथा सेवाहरू सञ्चालन गर्दै आएको छ । हालसम्म ११ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू आवद्ध भएको ईएफटी कार्ड स्विचले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड स्कीमका कार्ड सम्बन्धी कारोबारहरु प्रोसेसिङ्ग गर्दछ ।

गत आर्थिक वर्षमा एनसीएचएलको ईएफटी स्वीचमार्फत रु ४.२८ खर्बभन्दा बढिको कारोबारहरु प्रोसेस भएको थियो ।

एभरेष्ट बैंकले आफ्ना १३२ शाखाहरु, ३२ राजस्व संकलन काउन्टर, ४ विस्तारित काउन्टर तथा १६७ एटिएम टर्मिनल मार्फत देशव्यापी रुपमा सेवा विस्तार गर्दै नेपालको वित्तीय क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउदै आइरहेको छ ।

आधुनिक बैंकिङ्ग सेवामा पहुँचलाई थप सुढृढ बनाउँदै बैंकले निरन्तर बढ्दो क्रममा रहेका कार्डहोल्डरहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

IME Lifesidebar
kumari