stcnepal long ad
ime life insurance
national life
global ime bank long

सीईओ पाण्डेलाई नियन्त्रणमा लिइएको प्रति एनआईएमबी बैंकको ध्यानाकर्षण

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । एनआईएमबी बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

बैंकले आज विज्ञप्ति प्रकाशित गर्दै बैंकका सीईओ पाण्डेलाई ऋणी स्मार्ट टेलिकम प्रा.लि. को सम्पत्ति लिलाम बिक्री गरेको आरोप तथा लिलाम बिक्री गरिने दूरसञ्चार सेवासँग सम्बन्धित विभिन्न उपकरण लगायतका सामाग्रीहरु जडान भएका घर–जग्गा धनीहरुलाई स्मार्ट टेलिकमले बुझाउन पर्ने बाँकी घर वाहाल र विद्युत महशुल हालसम्म भुक्तान नभएको सम्बन्धमा अनुसन्धानको लागि नियन्त्रणमा लिइएको भन्दै ध्यानाकर्षण जनाइएको हो ।

साथै विज्ञप्तिमा कर्जा असूली निर्देशिकाको पूर्णरुपमा पालना गर्दै निक्षेपकर्ताहरुको निक्षेपबाट प्रवाह भएको कर्जा असूली प्रकृया अनुसार उक्त कारबाहि अघि बढाएको उल्लेख छ ।

यस सम्बन्धमा सम्बन्धित निकायबाट माग गरिएका सम्पूर्ण कागजात, विवरण तथा आवश्यक सहयोग अनुसन्धान प्रयोजनका लागि बैंकले समयमानै उपलब्ध गराउँदै आएको छ र आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

‘उक्त अनुसन्धान प्रकृयाका कारण बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ताको हित, शेयरधनीको विश्वास तथा ग्राहक सेवामा कुनै नकारात्मक असर नपर्ने बिषयमा बैंकले सम्पूर्ण सरोकारवालालाई पूर्ण रुपमा विश्वस्त गराउन चाहन्छ ।

साथै, बैंकका समस्त निक्षेपकर्ता, ग्राहकवर्ग शेयरधनी महानुभावहरु एवं नेपाल राष्ट्र बैंक बाट प्राप्त हुँदै आएको निरन्तर सहयोग, सद्भाव र विश्वास प्रति बैंक हार्दिक आभार व्यक्त गर्दछ ।’, विज्ञप्तिमा उल्लेख छ ।

prabhu mahalaxmi
kumari