stcnepal long ad
global ime bank long

सानिमा बैंकको ‘बससेवा क्यासब्याक अभियान’ पुनः सञ्चालन, टिकट काट्दा १५ प्रतिशतसम्म छुट पाइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ‘बससेवा क्यासब्याक अभियान’ पुनः सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरूका लागि बससेवामार्फत बस टिकट खरिद गर्दा आकर्षक क्यासब्याकको व्यवस्था गरेको हो ।

यस अभियान अन्तर्गत सानिमा बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बससेवामार्फत बस टिकट बुकिङ गर्दा १५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार नेपालभित्रको यात्राका लागि टिकट काट्दा १५ प्रतिशत वा अधिकतम २०० रुपैयाँ र भारत भ्रमणका लागि टिकट काट्दा १५ प्रतिशत वा अधिकतम ४०० रुपैयाँसम्म क्यासब्याक प्राप्त हुनेछ ।

यो योजना वैशाख १ गतेदेखि असोज ३१ गतेसम्म लागू हुने बैंकले जनाएको छ । डिजिटल बैंकिङ प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्दै ग्राहकहरूलाई सरल र सुलभ सुविधा प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम यो योजना पुनः ल्याइएको बैंकको भनाइ छ ।

बससेवाको यस योजनाका अतिरिक्त सानिमा बैंकका डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले विभिन्न अस्पताल, होटल, रेष्टुरेन्ट तथा अन्य व्यापारिक प्रतिष्ठानहरूमा समेत आकर्षक छुट पाउँदै आएका छन् ।

यसबारे विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ । हाल सानिमा बैंकले देशका सातै प्रदेशमा १३४ वटा शाखा कार्यालय र १२७ वटा एटीएममार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

IME Lifesidebar
kumari