stcnepal long ad
global ime bank long

प्राइम कमर्सियल बैंकले नाफा बढायो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा प्राइम कमर्सियल बैंकको नाफा ४.२७% ले बढेर २ अर्ब २९ करोड २८ लाख २ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष बैंकले २ अर्ब १९ करोड ८७ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको थियो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य नाफामा पनि सामान्य सुधार आएको छ । यसअवधिमा वितरण योग्य नाफा ०.९३% ले बढेर १ अर्ब ६१ करोड ५७ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

२०७६ भदौमा कन्काई विकास बैंक र फागुनमा कैलाश विकास बैंकलाई एक्वायर गरेको प्राइमको अधिकांश सूचकहरु मजबुत बनेको छ । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २८.८२% र ३.८३% ले बढेको छ । चुक्ता पुँजी ५०.०७% ले बढेको छ । पुँजी वृद्धि अनुपात अनुसार नाफा बढ्न नसक्दा बैंकको प्रतिसेयर आम्दानी भने दबाबमा परेको छ ।

प्रतिसेयर आम्दानी ७ रुपैयाँ २१ पैसाले घटेर १६ रुपैयाँ ३९ पैसामा आएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६० पैसा थियो । प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ९१ पैसा छ । खराब कर्जा अनुपात भने ०.५४% ले बढेर १.५४% पुगेको छ ।

IME Lifesidebar
kumari