stcnepal long ad
global ime bank long

लक्ष्मी सनराइज बैंकको संस्थापक समूहको ३ लाख १६ हजार कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । लक्ष्मी सनराइज बैंकको ३ लाख १६ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख १६ हजार ३०६ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंककै विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

निवेदन ३५ दिनभित्र पेस गर्नुपर्नेछ। निवेदन काठमाडौंको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

IME Lifesidebar
kumari