stcnepal long ad
global ime bank long

नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरीबीच छुट सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकमा खाता रहेका ग्राहक, बैंकमा कार्यरत कर्मचारी र कर्मचारीका परिवारका सदस्यलाई भक्तपुरको राधेराधेस्थित सिग्मा डायग्नोस्टिक्स ल्याबरेटरीले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौता बमोजिम नेपाल बैंकमा खाता रहेका ग्राहक, बैंकमा कार्यरत कर्मचारी र कर्मचारीका परिवारका सदस्यलाई प्याथोलोजी ल्याबको विविध सेवाशुल्कमा डिजिटल कारोबारमा मात्र लागू हुनेगरी बिल रकमको २० प्रतिशत देखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ।

सम्झौतापत्रमा फागुन ८ गते बैकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र सिग्मा डायग्नोस्टिक्स ल्याबरेटरीका तर्फबाट ल्याब निर्देशक वेद प्रकाश मिश्रले हस्ताक्षर गरेका छन्।

यसबाट नेपाल बैंकमा कार्यरत कर्मचारी र ग्राहक डायग्नोस्टिक सेन्टरको ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन्।

IME Lifesidebar
kumari