stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सालपा विकास बैंकको आईपीओ भोली बुधबारदेखि निष्काशन खुला

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सालपा विकास बैंक लिमिटेडले पुस १६ गते बुधबारदेखि पुस २० गते आइतबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपियाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपियाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । यसमध्ये विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि र सामूहिक लगानी कोषहरुका लागि आईपीओ बाँडफाँट गरिसकेको छ ।

२६ हजार ११९ कित्ता शेयर बैंकका कर्मचारीहरुलाई सुरक्षित राखी बाँकी रहने १४ करोड ३९ लाख १७ हजार ९०० रुपियाँ बराबरको १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ ।

उक्त कम्पनीको शेयर १ लाख ४३ हजार ९ सय ८ जनाले १०–१० कित्ता र ९ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।

prabhu mahalaxmi
kumari bank
kumari