stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

माछापुच्छ्रे बैंक र पीसीएएफबीच जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउन सहकार्य

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंकले पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ)सँग सहकार्य गरेको छ।

बैंकले वित्तीय क्रियाकलापबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा मूल्यांकन र यसको न्यूनिकरणको क्षेत्रमा काम गर्दै आएको पीसीएएफसँग सहकार्य गरेको हो।

विश्वमा बढ्दै गइरहेको हरितगृह ग्यास र यसबाट भविष्यमा उत्पन्न हुनसक्ने जटिल समस्याबारे सचेत रहेकाले पीसीएएफसँग सहकार्य गरेको बैंकले जनाएको छ।

पीसीएएफसँगको सहकार्यले आफ्नो व्यावसायिक कार्य प्रणाली तथा दीर्घकालीन रणनीतिमा वातावरणीय उत्तरदायित्वलाई अझ मजबुत बनाउने बैंकको विश्वास छ।

बैंकका अनुसार यो सहकार्यले बैंकको जलवायु एजेन्डालाई थप सुदृढ बनाउँदै वित्तीय क्रियाकलापबाट पर्ने वातावरणीय प्रभाव बुझ्न तथा जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउन सहयोग पुग्नेछ।

पीसीएएफले विश्वव्यापी मान्यताप्राप्त मापदण्डमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना वित्तीय क्रियाकलापबाट हुने उत्सर्जन हरितगृह ग्यासको पहिचान गरी भरपर्दो जलवायु रणनीति अपनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ।

prabhu mahalaxmi
kumari bank
kumari