एनआईबिएल समृद्धि फण्ड १ द्धारा प्रतिफल घोषणा
काठमाडौं । एनआईबिएल समृद्धि फण्ड १ ले आफ्ना इकाइ धनीलाई १२ प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने भएको छ ।
योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको शुक्रबार सम्पन्न सञ्चालक समितिको ८० औं बैठकले आर्थिक वर्ष २०७६/७७ बाट इकाई धनीलाई १२ प्रतिशतका दरले लाभाांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले बुकक्लोज मिति घोषणा गरिसकेको भने छैन।
एनआईबिएल एस क्यापिटलको व्यवस्थापनमा एक अर्ब आकारमा सञ्चालित सामूहिक लगानी कोष (ण्म्युचुअल फन्ड) एनआईबिएल समृद्धि फण्ड १ ले १२ करोड रुपैयाँ लाभांश बाँड्ने जनाएको छ।





























