stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

‘एन आई ३१’ का ईकाइहरुको कारोबार मंसिर १५ गते सोमबारबाट खुल्ला

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा संचालित नबिल म्युचुअल फन्ड अन्तर्गतको दोस्रो खुलामुखी योजना एन आई ३१ (NI 31) नामक योजनाका ईकाइहरुको खरिद/बिक्री कार्य यहि मंसिर १५ गते सोमबारबाट सुरु गरिएको कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गतको व्यवस्थित लगानी योजना Systematic Investment Plan (SIP) मा दर्ता हुन चाहने लगानीकर्ताहरुले सोही दिन देखि लागु हुने गरी दर्ता गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै एन आई ३१ का ईकाइहरु काठमाडौंको नक्साल, नारायणचौर स्थित सेन्ट्रल प्लाजामा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय तथा कम्पनीको आधिकारिक वेबसाईट https://mutualfund.nabilinvest.com.np/ मार्फत खरिद÷बिक्री गर्न सकिने जनाएको छ ।

इच्छुक लगानीकर्ताहरुले क्क्ष्ए मार्फत पनि एन आई ३१ मा लगानी गर्न सक्नेछन् । त्यस्ता व्यक्तिले आफ्नो इच्छा अनुसार मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक अवधिको न्यूनतम रू. १,००० मा SIP मार्फत एन आई ३१ मा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari