stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गराउन राष्ट्र बैङ्कको निर्देशन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्था कर्मचारीलाई घरबाटै काम गराउन र सिफ्टमा काम गराउन निर्देशन दिएको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले विभिन्न उपायहरू अवलम्बन गरिरहेको सन्दर्भलाई जोड्दै केन्द्रीय बैङ्कले सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सेवा प्रवाह गर्न भनेको हो ।

बैङ्कले आइतबार एक परिपत्र जारी गर्दै बैङ्क तथा वित्तीय संस्थालाई विशेष परिस्थितिलाई ध्यान दिएर वर्क फ्रोम होमको व्यवस्था मिलाउन भनेको छ ।

साथै, कार्यालयमा अत्यावश्यक कर्मचारीलाई आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

त्यस्तै प्रादेशिक शाखामा न्यूनतम कर्मचारीबाट सेवा सञ्चालन गर्ने वा वैकल्पिक रूपमा सञ्चालन गर्न सकिने शाखा पनि आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाउन राष्ट्र बैङ्कले आग्रह छ ।

कोरोना भाइरसको सन्त्रास बढेसँगै देशका विभिन्न स्थानमा गरिएको बन्दाबन्दी, निषेधाज्ञा, सवारी साधनको आवागमनमा जोरबिजोर प्रणाली लागू गरेपछि राष्ट्र बैङ्कले बैङ्कहरूलाई उक्त निर्देशन दिएको राष्ट्र बैङ्कले जनाएको छ ।

बैकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न निर्देशन दिँदै बैङ्किङ सेवामा रहेका जनशक्ति तथा सेवाग्राहीको सुरक्षा तथा सङ्क्रमणलाई न्यूनीकरण गर्न सुरक्षाका सबै उपाय अनिवार्य रूपमा अपनाउन निर्देशन दिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long