stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

निर्धन उत्थान लघुवित्त एक अर्बको ऋणपत्र निष्काशन गर्दै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ। लघुवित्तले सुरक्षण नराखिएको १ अर्बको सहायक आवधिक ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी दिएको छ।

लघुवित्तको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि सो ऋणपत्र जारी गरिनेछ।

कुल २ अर्ब ६१ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १२ करोड ६१ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ ।

गत वर्ष यस अवधिसम्म १ करोड ९५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको लघुवित्त यस वर्ष नाफामा गएको हो। पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा ७६ करोड ९६ लाख रुपैयाँभन्दा बढी छ

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long