stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल राष्ट्र बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकको हकप्रद सेयर अस्वीकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकको हकप्रद सेयर  रोकेको छ । बैंकको असार २५ गते सम्पन्न साधारण सभाले ३.१ हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेपछि राष्ट्र बैंकलाई पत्र पठाएको थियो । तर, राष्ट्र बैंकले भने तिनाउको हकप्रद निष्कासन गर्ने प्रक्रिया अस्वीकृत गरेको छ । पुँजी वृद्धि गर्ने भन्दै बैंकले ३ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने तयारी गरेको थियो ।

राष्ट्र बैंकले तिनाउको १२% बोनस सेयर भने स्वीकृत गरेको छ । हाल यस बैंकको चुक्ता पुँजी १ अर्ब ६७ करोड ५८ लाख रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजी १ अर्ब ८१ करोड ३१ लाख २७ हजार रुपैयाँ पुगेको छ । बैंकले यही पुँजीबाट हकप्रद निष्कासन गर्ने प्रकृया अघि बढाएको थियो ।

आवश्यक न्यूनतम पुँजी पुगेकाले हकप्रद रोकिएको हो । पछिल्लो समय केन्द्रीय बैंकले मर्जर तथा एक्विजिसनलाई प्राथमिकतामा राखेको छ । बोनसमार्फत पुँजी वृद्धि गर्न पनि दिइएको छ । यसअघि राष्ट्र बैंकले शाइन रेसुंगा डेभलपमेन्ट बैंकको पनि हकप्रद निष्कासन प्रकृया पनि अस्वीकृत गरेको थियो ।

IME Lifesidebar
kumari