एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो ‘लोन बेनिफिट क्यालकुलेटर’ सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । एन आई सी एशिया बैंकले बैंकिङ इतिहासमै पहिलो पटक सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको ‘लोन बेनिफिट क्यालकुलेटर’ हेर्न सकिने व्यवस्था गरेको छ ।

सेवाग्राहीहरूले बैंकको वेबसाइटमा गएर ‘लोन बेनिफिट क्यालकुलेटर’ मा गई वर्तमान अवस्थामा आफुले उपभोग गदै आएको कर्जाको तुलना बैंकले ल्याएको सुपर चमत्कारिक कर्जाहरूसँग सजिलै गर्न सकिने छ ।

सो ‘लोन बेनिफिट क्यालकुलेटर’ मा चाहिने विवरणहरू जस्तै अहिले उपभोग गरिरहेको कर्जाको रकम, ब्याजदर, अवधि आदि भरेपश्चात् सेवाग्राहीहरूले आफ्नो मासिक ब्याजदरमा बचत, किस्ता रकम तथा कुल रकममा बचत हुने रकमको विवरणका साथै त्यसको वार्षिक हिसाब समेत सरल तरिकाले थाहा पाउन सकिने छ ।आफ्नो वित्तीय भार कम गर्नका लागि बैंकको सुपर चमत्कारिक कर्जा सम्बन्धी उचित निर्णय लिन सकिने बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari