stcnepal long ad
national life

सांग्रिला डेभलपमेन्ट बैंकले सुरु गर्‍यो एससीटी–युनियनपे कार्ड सेवा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले सञ्चालन गर्दै आएको एससीटी युनियनपे कार्डको सेवा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पनि सुरु गरेको छ।

यही असोज २९ देखि सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै उक्त कार्ड प्राप्त गर्न सक्ने भएका छन्।

यस सुविधाको सुरुवातले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास रहेको छ। एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत यो कार्ड जारी गर्दै आइरहेको छ।

एससीटीले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विचमार्फत एससीटी–युनियनपे कार्ड र भिसा कार्ड जारी गर्ने तथा भिसा, रुपे, मास्टरकार्ड तथा डिस्कभर कार्ड स्वीकार गरी कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ।

विगत दुई दशकदेखि नेपालभरि सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिँदै आएको एससीटी नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो।

यसले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई स्मार्ट क्यूआर, स्मार्ट पे– आईबीएफटी (अन्तर बैंक भुक्तानी सेवा), स्मार्ट ब्यान्किङ मोबाइल बैंकिङ लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

gold
kumari bank
kumari
nawakantipur long