stcnepal long ad
national life

‘सिटिजन्स भर्चुअल क्रेडिट कार्ड’: नगद बिना किनमेल, समयमा भुक्तानी गरे ब्याज पनि शून्य

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलले डिजिटल प्रविधिमा नयाँ आयाम थप्दै ‘सिटिजन्स भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ ।

विश्वव्यापी रुपमा बढ्दो डिजिटल बैंकिङ प्रवृत्तिलाई ध्यानमा राख्दै बैंकले आफ्ना ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो नयाँ सेवा प्रारम्भ गरेको हो । बैंकका अनुसार भर्चुअल क्रेडिट कार्डले अब ग्राहकलाई नगदबिनै किनमेल र भुक्तानी गर्न सहज बनाउनेछ ।

यो सेवा सिटिजन्स बैंकका विद्यमान ग्राहकका लागि लक्षित गरिएको छ । बैंकका अनुसार भर्चुअल क्रेडिट कार्डको प्रयोग गरी ग्राहकले सामान तथा सेवा खरिद गर्दा व्यापारीको क्यूआर कोड स्क्यान गरेर तत्काल भुक्तानी गर्न सक्नेछन् ।

साथै, समयमै मासिक बिल तिर्ने ग्राहकका लागि यो कार्डले ब्याजमुक्त ऋणको सुविधा पनि प्रदान गर्छ  जसले गर्दा प्रयोगकर्ताले छोटो अवधिको नगद अभावमा पनि सहज रुपमा किनमेल गर्न सक्छन् ।

कसले प्रयोग गर्न पाउने ?

सिटिजन्स भर्चुअल क्रेडिट कार्ड नेपाली नागरिकका लागि हो । यसमा कम्तीमा १८ वर्ष उमेर पूरा गरेका र स्थायी आय स्रोत भएका व्यक्ति सहभागी हुन सक्नेछन् । चाहे तलब पाउने कर्मचारी हुन् वा व्यवसाय सञ्चालन गर्ने व्यक्ति, स्थायी आम्दानी प्रमाणित गर्न सक्ने सबैले यो कार्ड लिन सक्नेछन् ।

नयाँ ग्राहकका हकमा सिटिजन्स भर्चुअल क्रेडिट कार्ड आवेदन फारम भरी दुई प्रति पासपोर्ट साइजको फोटो, नागरिकता वा राहदानीको प्रतिलिपि, आयको प्रमाणपत्र तथा गत ६ देखि १२ महिनाको बैंक खाता विवरण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

व्यवसायिक आम्दानी हुने व्यक्तिले भने गत दुई वर्षको वित्तीय विवरण, दर्ता प्रमाणपत्र, प्यान वा भ्याट दर्ता  प्रमाणपत्र, बैंक खाता  विवरण तथा साझेदारी सम्झौता लगायतका कागजात पेश गर्नुपर्नेछ ।

ग्राहकका लागि सहज प्रक्रिया

बैंकका विद्यमान ग्राहकका लागि यो सुविधा अझ सरल र छरितो छ । बैंकका ऋणग्राही ग्राहकका लागि अधिकतम २।५ प्रतिशत वा दुई लाख पचास हजार रुपैयाँसम्मको भर्चुअल कार्ड सुविधा उपलब्ध हुनेछ जुन कम रकममा सीमित हुनेछ ।

फिक्स्ड डिपोजिटर गरेका ग्राहकका लागि भर्चुअल कार्डको सीमा एफडी रकमको ५० प्रतिशत वा दुई लाख रुपैयाँसम्म हुनेछ ।

त्यसैगरी, बैंकमा तलब आउने ग्राहकका लागि अधिकतम डेढ गुणासम्मको सुविधा उपलब्ध हुनेछ । यस्तो अवस्थामा कम्तीमा तीन महिनाको तलब खातामा आएको प्रमाण आवश्यक पर्छ । बैंकका विशेष ग्राहकका लागि भने अधिकतम एक लाख वा सरासर मौज्दात रकमको १० प्रतिशतसम्मको सीमा तोकिएको छ ।

कम शुल्क, बढी सुविधा

सिटिजन्स बैंकले यो कार्डमा न्यूनतम शुल्क राखेको छ । कार्ड जारी गर्न र वार्षिक नवीकरण गर्न ५०० रुपैयाँ लाग्नेछ । बिल समयमा तिर्न नसकेमा ३०० रुपैयाँ वा मासिक बक्यौताको १ प्रतिशतमध्ये जुन बढी हुन्छ त्यति शुल्क लाग्नेछ । साथै, बाँकी रकममा मासिक २ प्रतिशत ब्याज लाग्ने व्यवस्था गरिएको छ ।

तर समयमै बिल तिर्ने प्रयोगकर्ताका लागि यो कार्ड पूर्णरूपमा ब्याजमुक्त रहन्छ, जसले गर्दा ग्राहकले निःशुल्करूपमा सीमित अवधिको ऋण प्रयोग गर्न सक्छन् ।

डिजिटल बैंकिङको नयाँ दिशा

बैंकले पछिल्ला वर्षहरूमा डिजिटल सेवामार्फत ग्राहक सुविधा विस्तारमा उल्लेखनीय प्रगति गरेको छ । मोबाइल बैंकिङ, अनलाइन भुक्तानी, एटीएम तथा फोनेपे क्यूआर सेवापछि भर्चुअल क्रेडिट कार्डलाई बैंकले अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।

बैंकले नेपालमा बढ्दै गएको डिजिटल कारोबारको प्रयोगलाई प्रोत्साहन गर्न निरन्तर नयाँ उत्पादन ल्याइरहेको छ । भर्चुअल क्रेडिट कार्ड त्यसैको निरन्तरता हो, जसले अब ग्राहकलाई फिजिकल कार्ड बोक्नै नपर्ने बनाउँछ ।

केवल मोबाइलमा रहेको कार्ड विवरण वा क्यूआर स्क्यानमार्फत देशभरका फोनेपे–सम्बद्ध व्यापारीहरूमा सजिलै भुक्तानी गर्न सकिन्छ ।

बैंकका अनुसार यो सुविधा उपभोक्ताको खर्च व्यवस्थापनलाई पनि सरल बनाउनेछ । मासिक विवरणमार्फत ग्राहकले खर्चको हिसाबकिताब सहजै हेर्न सक्नेछन्, जसले वित्तीय अनुशासनमा सहयोग पुग्नेछ ।

सुरक्षित र पारदर्शी प्रणाली

सिटिजन्स बैंकले भर्चुअल क्रेडिट कार्डलाई सुरक्षित डिजिटल प्रणालीमार्फत सञ्चालनमा ल्याएको बताएको छ । कार्ड विवरण सुरक्षित डिजिटल प्लेटफर्ममा मात्र उपलब्ध हुने र अनधिकृत पहुँचबाट जोगाउन विशेष सुरक्षात्मक प्रणाली लागू गरिएको छ ।

ग्राहकले आफ्नो कार्डको विवरण मोबाइल बैंकिङमार्फत हेर्न, नियन्त्रण गर्न र आवश्यक परे तुरुन्त ब्लक गर्न सक्ने सुविधा पनि उपलब्ध छ । यसले प्रयोगकर्ताको डिजिटल सुरक्षामा पूर्ण विश्वास दिलाउनेछ ।

सिटिजन्स बैंकका अनुसार यो उत्पादन विशेष गरी त्यस्ता ग्राहकका लागि उपयोगी हुनेछ, जसले दैनिक कारोबारमा क्यूआर भुक्तानी गर्छन् वा साना–ठूला खरिदका लागि नगद बोक्न चाहँदैनन् ।

डिजिटल माध्यम प्रयोगमा सहजता चाहने युवा पुस्ता, व्यवसायी तथा तलबपात्र कर्मचारीहरू यो सेवाबाट प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

बैंकले भविष्यमा यस कार्डमार्फत विभिन्न क्याशब्याक, विशेष छुट तथा अनलाइन अफरहरू ल्याउने तयारी समेत गरिरहेको छ । यसले ग्राहकलाई डिजिटल भुक्तानी प्रयोगतर्फ अझ आकर्षित गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

gold
kumari bank
kumari
nawakantipur long