एनआईसी एसियाका ग्राहकलाई एसियन बुद्ध होटलमा छुट
काठमाडौं । एनआईसी एसिया बैंक र रुपन्देहीको भैरहवामा रहेको एसियन बुद्ध होटलमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौतापछि बैंकका ग्राहकले एसियन बुद्ध होटलमा डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने भएका छन् ।
ग्राहकले उक्त होटलमा कुनै पनि सेवा लिई डिजिटल भुक्तानी गर्दा यस्तो छुट सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
सुविधा उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।
होटलसँगको सहकार्यले ग्राहकलाई छुट सुविधाका साथै डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।



























