ग्लोबल आइएमई बैंकको कात्तिक २६ गते १९औं वार्षिक साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आगामी कात्तिक २६ गते बुधबार १९औं वार्षिक साधारणसभा गर्ने भएको छ। बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो।

उक्त साधारण सभाले मुख्य रूपमा हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी गत आर्थिक वर्षको वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सोही साधारण सभाले पारित गर्नेछ।

साथै बैंकको प्रबन्धपत्र वा नियमावलीमा व्यवसायि उद्देश्यहरू भए थप गर्ने र सोमा नियमनकारी निकायबाट थप सुझाव वा हेरफेर वा संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि तय गरिएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।

तसर्थ बुक क्लोजका आधारमा कात्तिक १३ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै बैंकको साधारण सभामा भाग लिन र साधारण सभाले पारित गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। उक्त साधारण सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।

IME Lifesidebar
kumari