stcnepal long ad
global ime bank long

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले महिला उद्यमी महासंघ नेपालका सदस्यहरुलाई विभिन्न सेवाहरुमा बिशेष छुट दिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपाल (FWEAN) बिच व्यावसायिक सम्झौता भएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपाल (FWEAN) बिच नेपालका महिलालाई  उद्यम क्षेत्रमा आकर्षित गरी महिला  व्यवसाय  प्रवद्र्धन गर्न बैंक बिच सम्झौता भएको हो ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र महिला उद्यमी महासंघ तर्फ अध्यक्ष शोभा ज्ञवालीबाट हस्ताक्षर भइ सो महिला व्यावसायिक सेवा आरम्भ गरिएको छ ।
यस सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई महिलाद्धारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई विशेष बैंक तथा वित्तीय सहयोग प्रदान गर्ने सम्झौता गरिएको छ ।
सोहि सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरु (https://www.nimb.com.np/personal-banking/branches) मार्फत महिलाद्धारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाइ छुट सहितको कर्जा प्रवाहमा विशेष प्राथमिकता, वित्तीय साक्षरताका सेवा दिने जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिनुभयो।
यो सम्झौताबाट महिला उद्यमी महासंघ नेपाल (FWEAN) का सदस्यहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ ।
IME Lifesidebar
kumari