citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

माछापुच्छ्रे बैंक लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बन्यो 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंक गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ।

बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार माछापुच्छ्रे बैंकको ९.२३ प्रतिशत लाभांश क्षमता रहेको थियो।

प्रस्तावित लाभांशसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय बैठकले गरेको छ।

केन्द्रीय बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ।

IME Life
kumari