महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्री अश्वीनी कुमार ठाकुर नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंकको २०८२ असार २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार अश्वीनी कुमार ठाकुर स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त हुनु भएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४(३) मा भएको व्यवस्था बमोजिम अश्वीनी कुमार ठाकुर स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त हुनुभएको हो ।

उहाँ सँग नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बीमा कम्पनी (साविकः राष्ट्रिय बीमा संस्थान) को प्रमुख कार्यकारी अधिकृत तथा मध्यपश्चिामञ्चल ग्रामीण विकास बैंक, हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेड लगायतका संगठित संस्थाहरुको बोर्ड सदस्यको जिम्मेवरीमा रही कार्य गरेको अनुभव रहेको छ ।

२०८२असार २९ गते बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उहाँले पद बहाली गर्नुभएको छ । साथै सोही कार्यक्रममा बैंकको संचालक समिति सदस्यहरुले संयुक्त रुपमा उहाँलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

उहाँको विगतको अनुभवले बैंकको समग्र संस्थागत सुशासन अभिवृद्धि गर्न मद्धत पुग्ने विश्वास बैंकले लिएको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र ८ लाख ग्राहकहरु रहेका छन् ।

 

IME Lifesidebar
kumari