stcnepal long ad
nabil bank
macchha(MBL)

असार ३० गतेदेखि नेपाल एसबीआई बैंकले रु ३ अर्बको ऋणपत्र ल्याउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल एसबीआई बैंकले असार ३० गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ‘नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०’ निष्कासन गर्न लागेको हो। बैंकले यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री गर्नेछ।

बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।

लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १२ लाख इकाइका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ।

यो ऋणपत्रमा निष्कासन बन्द छिटोमा साउन १ गते हुनेछ। यो समयभित्र पर्याप्त आवेदन नपरेको खण्डमा निष्कासन अवधि साउन १२ गतेसम्म लम्बिन सक्छ।

नेपाल एसबीआई बैंकको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। यो १० वर्षे अवधिको ऋणपत्र हो। ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

prabhu mahalaxmi
kumari