कुमारी बैंकद्वारा फोनपे सँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

काठमाडौं । नेपाली बैंकिङ्ग क्षेत्रमा लगातार डिजिटल रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कुमारी बैंक लिमिटेडले आफ्नो सेवा सूचीमा नयाँ नवप्रवर्धन थप्दै कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुचारु गरेको छ ।
फोनपे पेमेन्ट सर्भिस लिमिटेड सँगको सहकार्यमा सुरु गरिएको यो सेवा बैंकको मोबाइल बैंकिङ्ग एप KumariSmart बचत मार्फत सहज रूपमा प्रयोग गर्न सकिनेछ ।
भर्चुअल क्रेडिट कार्ड भनेको कुनै भौतिक कार्ड नभई डिजिटल रूपमा जारी गरिने क्रेडिट कार्ड हो, जसलाई ग्राहकहरुले आफ्नो KumariSmart एप मार्फत सहजै मोबाईलबाट सुचारु गर्न सक्नेछन् ।
फोन पेको क्यूआर मर्चेन्टहरुमा पेमेन्ट कारोबार गर्न सकिने यस भर्चुअल क्रेडिट कार्डको भुक्तानीका लागि ग्राहकहरुले अधिकतम ४५ दिन सम्म बिना ब्याज (शर्तहरु लागु हुनेछ ।
उपभोग गर्न सक्नुका साथै सेटलमेन्टमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्प समेत छान्न सक्नेछन ।
विगत २४ वर्षदेखि निरन्तर सेवा दिँदै आएको कुमारी बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिँदै आफ्ना ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइ मार्फत सुरक्षित, अत्याधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आएको छ ।
ATM, POS तथा Green-PIN सुविधा विस्तार गर्नुका साथै Visa, Mastercard तथा UPI Card स्वीकार्यता देशभरका ATM / POS मा लागू गर्दै डिजिटल कारोबारको पहुँच बढाएको बैंकले आगामी दिनहरुमा पनि विद्युतीय कारोबारलाई प्रथमिकता दिई अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाहरु प्रदान गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।