stcnepal long ad
nabil bank
macchha(MBL)

नबिल बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले असार १२ गते नबिल बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो। अब बैंकले ‘नबिल डिबेन्चर–२०८२’ नामक ऋणपत्र जारी गर्नेछ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ। जसअनुसार बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

बैंकको यो ऋणपत्र ८ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउने छन्। नबिल बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

prabhu mahalaxmi
kumari