stcnepal long ad
himalayan life insurance long ad

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बिक्री ल्याइएको शेयर संख्या र मूल्य भने खुलाइएको छैन । बैंकका अनुसार यो शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, दरबारमार्ग, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ ।