stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नबिल बैंकले २० वर्षदेखि सञ्चालनमा नरहेका खाता बन्द गर्दै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकले २० वर्षदेखि सञ्चालनमा नरहेका खाता बन्द गर्ने भएको छ । बैंकले विगत २० वर्षदेखि सञ्चालन नभई निष्क्रिय रहेका खाता बन्द गर्ने भएको हो ।

नविल बैंक (साविक नेपाल बंगलादेश बैंक र यूनाईटेड फाइनान्स)मा खाता खोलिएका र विगत २० बर्षदेखि सञ्चालनमा नभई निष्क्रिय अवस्थामा रहेका खातावाल वा कानुनी हकवालाले असार १५ गतेभित्र खाता सक्रिय गराउन बैंकले अनुरोध गरेको छ ।

यदि सो अवधिभित्र नआएमा उक्त खातामा रहेको निक्षेप रकम बैंकिङ विकास कोषमा जम्मा गर्ने बैंकले जनाएको छ ।

उक्त रकम कोषमा रकमान्तर भएपछि उल्लेखित खातामा रहेको साँवा तथा सो मा प्राप्त हुने व्याज भुक्तानीमा बैंकको दायित्व नरहने बताएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari