sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

स्टान्डर्ड चार्टर्डको खुद नाफासँगै इपीएस पनि घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफा घटेपछि प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब १७ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको २ अर्ब ४४ करोड ७१ करोड रुपैयाँको तुलनामा ११.१७ प्रतिशतले कमी हो ।

बैंकको खुद ब्याज आम्दानी १७.३३ प्रतिशतले घटेर ३ अर्ब २४ करोडमा सीमित भएपछि खुद नाफामा पनि कमी आएको हो । खराब कर्जा २.१४ प्रतिशतबाट घटाएर १.४४ प्रतिशतमा सीमित गरेको छ ।

हाल यसको चुक्ता पुँजी १० अर्ब ४ करोड २३ लाख रुपैयाँ र जगेडा कोषमा ९ अर्ब ४२ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७४ पैसाले घटेर २८ रुपैयाँ ८६ पैसामा आएको छ । यसको प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ४० पैसा छ ।

gold
prabhu bank
nawakantipur long