stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

प्रभु बैंक लिमिटेड तथा कृषि बजार व्यवस्थापन समिति बीच व्यवसायिक साझेदारी सम्झौता सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं.–९ शान्ति बन वाटिका स्थित कृषि बजार व्यवस्थापन समिति बीच व्यवसायिक साझेदारीको लागि मिति २०८२÷०१÷०१ मा एक कार्यक्रमका वीच सम्झौता भएको छ ।

कास्की जिल्ला लगायत देशका विभिन्न क्षेत्रमा उत्पादित तथा आयातित कृषि उपजहरुलाई कृषि व्यवस्थापन समिति मातहत सञ्चालित स्टलहरुबाट विक्री वितरण भइरहदा दैनिक हुने आर्थिक कारोवारलाई सहज बैंकिङ पहुँच सहित डिजिटल माध्यममा रुपान्तरण गरी व्यवसायिक कारोवारमा सहजीकरणको उद्देश्यलाई प्रभु बैंक लिमिटेड र कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा कृषि बजार व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष नवराज दुवाडी तथा प्रभु बैंक लिमिटेडका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा समितिका तर्फबाट अध्यक्ष नवराज दुवाडीले वैंकप्रति आभार प्रकट गर्दै यो सम्झौताले समिति मातहतका सम्पूर्ण फलफूल तथा तरकारी बजारको दैनिक कारोवारमा सहजता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु रानाले यो सम्झौताले डिजिटल सेवा मार्फत कृषि बजारको आर्थिक कारोवारमा सहजीकरण हुने विश्वास व्यक्त गरेका छन् ।

उक्त सम्झौताले पोखरा महानगरपालिका वडा नं.–९ शान्ति बन वाटिका स्थित कृषि बजार व्यवस्थापन समिति अन्तर्गत सञ्चालित व्यवसायिहरुलाई दैनिक कारोवार नगद रहीत बनाउने उद्देश्यका साथ क्यू.आर. कोड, डिजिटल भुक्तानी तथा कारोवारका लागि आवश्यक इन्टरनेट सेवा बैकले उपलब्ध गराउनेछ ।

यसका साथैे व्यवसाय विस्तारका लागि प्रभु बैंकले वैंकको व्यवसायिहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकको नियमानुसार कर्जा सुविधा पनि उपलब्ध गराउनेछ ।

 

prabhu mahalaxmi
kumari