stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नेपालको मोबाइल बैंकिङको क्युआर अब भारत र भुटानमा पनि चल्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काम विशेषले छिमेकी मुलुक भारतको भ्रमणमा जानु पर्दा चर्को सटही तिरेर नगदै बोकेर जानुपर्ने बाध्यता क्रमशः हट्दै जान थालेको छ। नगदै बोकेर जाँदा यात्राका क्रममा चोरी हुने वा लुटिने जोखिम समेत हुन्छ।

नेपालको वाणिज्य र विकास बैंकले जारी गरेको डेबिट क्रेडिट कार्डका माध्यमबाट भारतमा कुनै पनि किनमेल वा सेवाको भुक्तानी सहजै गर्न सकिने सुविधा रहेकोमा अब क्युआर कोड स्क्यानबाट पनि भुक्तानी गर्न सकिने भएको छ।

नेपाली ग्राहकले भारतमा किनमेल गर्दा, उपचार गराउँदा वा होटलमा बास बस्दाको भुक्तानी आफ्नो मोबाइल बैंकिङ एप्सको क्युआरमार्फत गर्न सक्ने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागको एकीकृत परिपत्र २०८१ मार्फत यस्तो सुविधा लागू गरेको हो।

संशोधित परिपत्रमा वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको खाताको क्यूआर कोड लगायतका विद्युतीय माध्यमबाट भारत र भुटानमा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

राष्ट्रिय भुक्तानी स्विच पूर्ण रूपमा सञ्चालनमा नआएसम्म तत्कालका लागि खुद्रा भुक्तानी स्वीच मार्फत नै यो सुविधा प्रदान गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

नेपालीले होटल, अस्पताल र औषधी पसलमा गरिने भुक्तानी बाहेक अन्य भुक्तानीमा मासिक एक लाख भारतीय रूपैयाँसम्म भुक्तानी गर्न सक्नेछन्। होटल,अस्पताल र औषधी पसलमा भुक्तानी गर्दा रकमको सीमा लागू हुनेछैन।

prabhu mahalaxmi
kumari